२०८३ बैशाख १८ गते , शुक्रबार

अर्जुनधाराद्वारा जग्गा दातालाई सम्मान

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन १६ गते , सोमबार
अर्जुनधाराद्वारा जग्गा दातालाई सम्मान

बिर्तामोड अर्जुनधारा नगरपालिकाले जग्गा दातालाई सम्मान शुरु गरेको पालिकाले विभिन्न समयमा पालिकाभित्रका विभिन्न कार्यालयलाई जग्गा उपलब्ध गराउने दातालाई सम्मान शुरु गरेको हो  

अर्जुनधारा नगरपालिका नम्बर वडा कार्यालय स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि निशुल्क जग्गा उलपब्ध गराउने तीन जनालाई सम्मानपत्र सहित सम्मान गरिएको नगर प्रमुख हरिकुमार रानाले जानकारी दिए कार्यक्रमका प्रमुख अतिथी पूर्वमन्त्री वीरमणि ढकालले जग्गादातालाई सम्मान गरेका थिए

वडा कार्यालय स्वास्थ्य केन्द्र निर्माणका लागि जग्गा उपलब्ध गराउने स्थानीय नरमाया खड्का, हेमबहादुर न्यौपाने मनबहादुर फुँयालले जग्गाा उपलब्ध गराएका थिए खड्काले डेढ कठ्ठा, न्यौपानेले कठ्ठा ११ धुर जग्गा वडा कार्यालय निर्माणका लागि उपलब्ध गराएका थिए भने स्वास्थ्य केन्द्र निर्माणका लागि फुँयालले कठ्ठा जग्गा उपलब्ध गराएका थिए

त्यस्तै, नगरपालिकाले अर्जुनधारा नगरपालिका नम्बर वडा कार्यालयका जग्गा दाताहरु रोमबहादुर पुलामी मगर, पदमबहादुर पुलामी मगर नैन्सिंह मगरलाई समेत सम्मान गरेको रोमबहादुर पदमबहादुरले कठ्ठा नैनसिंहले कठ्ठा धुर जग्गा उपलब्ध गराएका थिए

सोहि कार्यक्रममा आधारभूत स्वास्थ्य केन्द्र साठीमुरेका जग्गादाताहरु मानबहादुर समाल, रोम समाल मगर, रत्नबहादुर समाल मगर, अनिल समाल मगर, अमर समाल मगर, अशोक समाल मगर, फेनकुमारी समाल मगरलाई सम्मान गरिएको थियो केन्द्रका लागि मानबहादुर समाल मगरले १० धुर, रोम समाल मगरले १० धुर, रत्नबहादुर समाल मगरले १० धुर, अनिल समाल मगरले धुर, अमर समाल मगरले १० धुर, अशोक समाल मगरले धुर, फेनकुमारी समाल मगरले १० धुर, अशोककुमार समाल मगरले १० धुर जग्गा उपलब्ध गराएका थिए सहकाले खोप केन्द्र निर्माणका लागि कठ्ठा जग्गा उपलब्ध गराउने धनबहादुर बस्नेतलाई समेत सम्मान गरिएको नगरपालिकाका प्रेस संयोजक नन्दु खतिवडाले जानकारी दिए

नगरपालिकाले खुदुनाबारी गाउँ पञ्चायतका लागि जग्गा दिने खड्ग बिक्रम नेम्वाङ (डबल सुब्बा) लाई मरणोपरान्त सम्मान गरिएको डब्बल सुब्बाका अन्तरे छोरा खगेन्द्र बिक्रम नेम्वाङको हातमा मरणोपरन्त सम्मानपत्र दोसल्ला ओढाएर सम्मान गरिएको खतिवडाले जानकारी दिए डब्बल सुब्बाले २०४० सालमा खुदुनाबारी गाउँ पञ्चायतका लागि १० कठ्ठा जग्गा प्रदान गरेका थिए

उनीसँगै स्वास्थ्य चौकीलाई जग्गा दिने दानेन्द्र बिक्रम नेम्वाङ, मकेन्द्र विक्रम नेम्वाङ, स्व. शेरबहादुर जवेगु, महेन्द्र जवेगु (लुकेन्द्र), स्व. भक्तबहादुर चौहान, रीताकला चौहान शहरी स्वास्थ्य केन्द्रलाई जग्गा दिने सरस्वती राईलाई समेत सम्मानपत्र दोसल्ला ओढाई सम्मान गरिएको थियो

सम्मान कार्यक्रम नगर प्रमख हरिकुमार रानाको अध्यक्षतामा भएको थियो अन्य वडाका जग्गादाताहरुलाई समेत क्रमश सम्मान गरिने बताइएको

 

 

सम्बन्धित समाचार