२०८३ बैशाख १८ गते , शुक्रबार

मतदाता नामावलीमा शुद्धता ल्याउन निर्वाचन कार्यालय झापाको अनुरोध

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन १६ गते , सोमबार
मतदाता नामावलीमा शुद्धता ल्याउन निर्वाचन कार्यालय झापाको अनुरोध

बिर्तामोड आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर मतदाता नामावलीमा शुद्धता ल्याउन जिल्ला निर्वाचन कार्यालय झापाले अनुरोध गरेको कार्यालयले जिल्लास्थित सम्पूर्ण राजनीतिक दल, सरोकारवाला तथा सञ्चारकर्मीलाई मतदाता नामावलीमा शुद्धता ल्याउने कार्यमा सहयोग गर्न आग्रह गरेको हो

जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले यस पटक मतदाता शिक्षाका लागि घरघरमा सहयोगी खटाउन सम्भव नभएको भन्दै मतदानलाई पूर्ण रुपले सफल बनाउन सरोकारवालाहरुलाई सहयोगको आग्रह गरेका हुन् कार्यालयले झापाका १३१ वटै वडामा फागुन १९ गते मतदाता नामावली प्रकाशन गर्ने जनाएको उक्त मतदाता नामावलीमा कुनै प्रकारको त्रुटी भए, कसैले गलत विवरण दिएर नामावलीमा नाम समावेश गरेको भए सच्याउन तथा दाबी विरोध गर्न फागुन २२ गतेसम्म जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क गर्र्न सकिने कार्यालय प्रमुख नेपालले जानकारी दिए सो समयभित्र यदि कसैको एक भन्दा बढी स्थानबाट नामावली दर्ता भएको भए कार्यालयमा निवेदन दिन सकिने बताइएको

कार्यालयले प्रकाशन गरेको नामावलीमा यदि कसैको मृत्यु भएको वा नागरिकता त्याग गरेको भएमा फागुन २३ गते सम्ममा सूचना दिन सकिने नेपालले बताए । यदि कसैको मतदाता परिचय पत्र हराएको वा बिग्रिएको भए वडा कार्यालयको सिफारिससहित जिल्ला निर्वाचन कार्यालयमा फागुन २० गते सम्पर्क गरेमा नयाँ बनाउन मिल्ने उनले बताए । 

हाल झापाको अर्जुनधारामा ५४००५, कचनकवलमा ३०३१५, कनकाईमा ३५७१४, कमलमा ३८३७३, गौरादहमा ४३८४९, गौरीगञ्जमा २३७४५, झापामा २४२३२, दमकमा ५८२८१, बाह्रदशीमा २५८५५, बुद्धशान्तिमा ३६९६७, भद्रपुरमा ५१५९८, मेचीनगरमा ९०८२६, बिर्तामोडमा ५७८०४, शिवसताक्षीमा ५५६८० हल्दीबारीमा २४०१४ गरी लाख ५० हजार २५८ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको

यस अघि २०७४ सालको निर्वाचनमा लाख ८५ हजार २१६ जना मतदाता रहेको झापामा बर्षको अवधिमा ६५ हजार ४२ जना मतदाता थप भएका छन् फागुन २३ सम्मको सच्याउने तथा दाबी विरोध गर्ने समयपश्चात यो संख्यामा केहि हेरफेर हुने कार्यालयले जनाएको कार्यालयले फागुन २४,२५ २६ गते प्रशोधन गरेर अन्तिम नामावलीका लागि निर्वाचन आयोगमा पठाउने कार्यालय प्रमुख नेपालले जानकारी दिए

आगामी निर्वाचनका लागि झापामा २८६ मतदानस्थल ७६० मतदान केन्द्र रहने बताइएको

 

सम्बन्धित समाचार