२०८३ बैशाख १८ गते , शुक्रबार

वडाध्यक्ष खरेल र अधिकृत अधिकारीद्वारा आत्मसमर्पण

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन १४ गते , शनिबार
वडाध्यक्ष खरेल र अधिकृत अधिकारीद्वारा आत्मसमर्पण

बिर्तामोड झापा बिर्तामोडस्थित करोडौँको जग्गा किर्ते काण्डका आरोपीद्वय गौरादह का वडाध्यक्ष बलराम खरेल मालपोत कार्यालय झापाका अधिकृत चेतन अधिकारीले आत्मसमर्पण गरेका छन् अधिकारीले वुधबार खरेलले विहिबार इलाका प्रहरी कार्यालय अनारमनीमा आत्मसमर्पण गरेका हुन्

विर्तामोडको पश्चिम बसपार्क छेउको स्वर्गीय टुङ्गबहादुर बस्नेतको नाममा रहेको जग्गा अधिकृत वारेसनामा नै किर्ते बनाएर जग्गा बिक्री गरेको आरोप लागेका अधिकारी खरेल फरार रहेका थिए

आरोपीद्वय खरेल अधिकारीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख सन्तोष आचार्यले बताए अन्य १० जना आरोपीलाई प्रहरीले गत वैशाख गते पक्राउ गरी सार्वजनिक  गरेको थियो भने खरेल अधिकारीसहित अन्य जना पक्राउ पर्न सकेका थिएनन् उनीहरुलाई ठगी, सरकारी छाप किर्ते, आपराधिक लाभ तथा संगठित अपराध मुद्धामा अनुसन्धान भईरहेको प्रहरीले जनाएको

प्रहरीका अनुसार खरेल बिर्तामोड नगरपालिकाबाट मालपोत तिरेको रसिद लगायत किर्ते कागजात बनाउने कार्यमा संलग्न रहेको, गिरोहसँगै वारेस लिन काठमाण्डौ गएको समन्वयात्मक कार्य गरेको साथै अधिकृत अधिकारीलाई पदीय अख्तियारको दुरुपयोग गरेको आरोप  

उनीहरुले बस्नेतको नाममा रहेको कित्ता नं. ४१८३ को कठ्ठा १३.७५ धुर जग्गा किर्ते कागजात तयार गरी बिक्री गरेका थिए यस अघि प्रहरीले बाह्रदशी घर भई विर्तामोड बस्दै आएका ३९ वर्षीय मंगलसिंह राजवंशी, नापीका पूर्व कर्मचारी भद्रपुर का ५२ वर्षीय नविन कोइराला, जग्गा कारोवारी बाह्रदशी का ५० वर्षीय लिलाधर राजवंशी, भोजपुर घर भई गौरीगञ्ज बस्ने बलराम विश्वकर्मा, विधुत प्राधिकरण फिक्कलका कर्मचारी शिवसताक्षी का भुपदेव कटुवाल, अर्जुनधारा का लेखनाथ खनाल, दोभान कन्स्ट्रक्सनका सञ्चालक विर्तामोड का ४३ वर्षीय गोविन्द वान्तावा (मिलन) , विर्तामोड १० घर भई कोटिहोम बस्दै आएका ७१ वर्षीय देवी प्रसाद पाण्डे, विर्तामोड कि ३३ वर्षीया रञ्जु राई उर्लावारी का ४८ वर्षीय राजन विश्वकर्मालाई पक्राउ गरेको थियो

पक्राउ परेकाहरु मध्ये नक्कली टुङ्गबहादुर बनेका देवीप्रसाद पाण्डेको मृत्य भइसकेको भने केहि धरौटीमा छुटिसकेका छन् कारागारमा लेखनाथ खनाल, मंगलसिंह राजवंशी सुशिल बराइली सजाय भुक्तान गरिरहेको बताइएको  

सम्बन्धित समाचार