२०८३ बैशाख १८ गते , शुक्रबार

आज प्रदेश १ मा हल्का बर्षाको सम्भावना

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन १३ गते , शुक्रबार
आज प्रदेश १ मा हल्का बर्षाको सम्भावना

काठमाण्डौ पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव मौसममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखा जनाएअनुसार शुक्रबार बिहान  प्रदेश , सुदूरपश्चिम, कर्णाली, गण्डकी   बागमतीमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको  

यस्तै दिउँसो प्रदेश को उच्च पहाडी हिमाली भूभाग, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमतीमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहनेछ यसैगरी  सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेश का धेरै स्थानहरूमा चाहिँ मेघ गर्जन चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  

राति सुदूरपश्चिम लगायत कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश उच्च पहाडी हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहने पनि महाशाखाले जनाएको यसैगरी  सुदूर पश्चिम,कर्णाली, गण्डकी, बागमती प्रदेश का थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको

दिउँसो राति नै देशको उच्च पहाडी हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाको दैनिक बुलेटिनमा उल्लेख

 

सम्बन्धित समाचार