२०८३ बैशाख १८ गते , शुक्रबार

झापामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन ११ गते , बुधबार
झापामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

बिर्तामोड । झापाको मेचीनगर नगरपालिका ७ स्थित राजमार्गमा मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि एक जना घाईते भएका छन ।
मङ्गलबार राति पौने ८ बजे मे.१०प २२३२ नम्वरको मोटरसाईकलले ठक्कर दिँदा पैदल यात्री मेचीनगर ८ का १९ बर्षीय श्याम मगर र १७ बर्षीय बल बहादुर मगर  घाईते भएका थिए । उनीहरुहरुको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भईरहेकोमा उपचारको क्रममा श्याम मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ठक्कर दिने मोटरसाईकल र चालक मेचीनगर १० का अभिजित सिटौलालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार