२०८३ बैशाख १८ गते , शुक्रबार

कार,जीप र भ्यानमा अंक प्रणाली : ससानो गल्तीमा फेल नहुने व्यवस्था

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन ११ गते , बुधबार
कार,जीप र भ्यानमा अंक प्रणाली : ससानो गल्तीमा फेल नहुने व्यवस्था

काठमाण्डौ यातायात व्यवस्था विभागले ल्याएको सवारी चालक अनुमति पत्र परीक्षा निर्देशिका २०७७ ले चारपाँग्रे सवारीलाई समेत समेटेको जसमा विभिन्न साना गल्ती गरे पनि फेल नहुने व्यवस्था गरेको ।चारपांग्रे गाडीको ट्रायलमा पास हुनको लागि वटा चरण पार गर्नुपर्ने निर्देशिकामा उल्लेख

घुमाउरो आठ

नयाँ परिक्षा निर्देशिकाले घुमाउरो आठको लागि २० अंक भार दिएको घुमाउरो आठमा दुई पटक सम्म अंकित रेखा छोएमा फेल नहुने तर, एकपटक रेखा छोएमा प्रत्येक पटक अंक घट्ने निर्देशिकामा उल्लेख

घुमाउरो आठमा दुई पटकभन्दा बढी अंकित रेखा छोएमा, सवारीको टायर रेखा भन्दा बाहिर गएमा, ठीक तरिकाबाट आठ नबनाएमा,अगाडि बढ्ने क्रममा सवारीलाई पछाडि तिर सारेमा फेल भएको मानिने

स्पीड ब्रेकर

त्यसैगरी स्पिड ब्रेकरमा एक पटक स्टार्ट बन्द भए अंक घट्ने तर, फेल नहुने व्यवस्था गथरेको स्पिड ब्रेकरमा चारपाग्रे सवारीको लागी १० अंकभार दिइएको

युटर्नमा लाइट

त्यस्तै युटर्नमा गाडीको इन्डिकेटर लाइट नबालेमा १० अंक घट्ने युटर्नका लागि निर्देशिकाले १० अंक भार दिएको युटर्नमा अंकित रेखा छोएमा फेल भएको घोषणा गरिने

ट्राफिक संकेत

ट्राफिक संकेतमा भने १५ अंक भार दिइएको ट्राफिक रहेको पालना नगरेमा सबै अंक घट्नेछ।

उकालो ओरालो

उकालोको लागि १५ अंकभार दिइएको उकालोमा सामान्य गल्ती भए पनि अनुत्तीर्ण घोषणा गरिने निर्देशिकामा उल्लेख छ।

त्यस्तै उकालोमा रेखा नाघि सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढेमा,रोकिएको अवस्थाबाट सवारी अगाडि बढाउँदा सवारीको पछाडिको टायर इन्चभन्दा बढि पछाडि सरेमा फेल हुने व्यवस्था गरिएको

त्यसैगरी ओरालोमा तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढेमा उकालोमा सवारीको स्टार्ट बन्द भएमा फेल जनाइएको

ग्यारेज पार्किङ

उकालोमा पास भएपछि ग्यारेज पार्किङ परीक्षणका लागी २० अंकभार दिइएको ग्यारेज पार्किङको क्रममा सवारीलाई पछाडि गुडाउने क्रममा एक पटकसम्म अगाडि सारेमा १० अंक घट्ने व्यवस्था

सवारीलाई पछाडि गुडाउने क्रममा एक पटकभन्दा बढी अगाडि सारेमा वा अकिंत रेखा छोएमा अनुत्तीर्ण घोषणा गरिने

व्यवहारगत पक्ष

परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकनको अंकभार १० रहेको छ। सवारी चलाउनु पूर्व सवारीको ब्रेक, टायर ऐनाहरुको सामान्य निरीक्षण नगरेमा अंक घट्नेछ सिट बेल्ट नलगाई सवारी चलाएमा अंक घट्ने अस्वाभाविक गतिमा वा असंयमित रुपमा सवारी चलाएमा अंक घट्नेछ।

सय अंकको परिक्षमा गल्ती भएको अंक घटाउदा ७० भन्दा कम अंक आए फेल हुने निर्देशिकाले व्यवस्था गरेको

 

सम्बन्धित समाचार