२०८३ बैशाख १८ गते , शुक्रबार

श्रीमानलाई टुक्रा टुक्रा पारी झोलामा फ्याँक्ने श्रीमतीसहित दुई जना पक्राउ

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन १० गते , मंगलबार
श्रीमानलाई टुक्रा टुक्रा पारी झोलामा फ्याँक्ने श्रीमतीसहित दुई जना पक्राउ

धरान । सुनसरीको धरान उपमहानगरपालिका ४ स्थित जंगलमा घाँटी र शरिर छुट्याईएको अवस्थामा झोलामा फेला परेको शवको पहिचान भएसंगै घटनामा संग्लग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मृतककै श्रीमती ३० बर्षीया अनिता के.सी. र बिराटनगर महानगरपालिका ४ का २९ बर्षीय सरोज भण्डारीलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
फाल्गुन ४ गते बेलुका ५ बजे उक्त स्थानमा जेब्रा झोलामा प्याक गरेर फालेको अबस्थामा टाउको र शरिरका बिभिन्न भागहरु छुट्टाछुट्टै अवस्थामा फेला परेको थियो । टुक्रा टुक्रा अवस्थामा शव फेला परेसँगै १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर, जिल्ला प्रहरी कार्यालय सुनसरीको अनुसन्धान समुह र तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीले अनुसन्धान शुरु गरेको थियो । 
शव  पहिचान गर्ने क्रममा बाझो १ इलाम घर भई हाल बिराटनगर महानगरपालिका ३ मा बसोबास गर्दै आएका ४३ बर्षीय दिनेश सिग्देलको रहेको खुल्न आएको थियो । शवको पहिचान भएसँगै घटनामा संग्लग्न ब्यक्तिहरुको खोजतलास गर्ने क्रममा प्रहरीले केसी र भण्डारीलाई पक्राउ गरेको छ ।
बैदेशिक रोजगारीमा गएर फर्केका सिग्देललाई श्रीमतीको योजनामा पौष २२ गते साँझ साँढे ५ बजेको समयमा सिग्देलकै कोठामा घाँटी थिची हत्या गरेको खुल्न आएको प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रवक्ता नविनराज राईले जानकारी दिए । दुबै जना मिलेर हत्या गरे पश्चात पौष २३ गते ग्लेन्डर मेशीन र खुकुरीको प्रयोग गरी शवलाई टुक्रा टुक्रा पारी टेम्पो रिजर्व गरेर हाल शव फेला परेको स्थानमा लगेर फालेको खुल्न आएको राईले । श्रीमतीकै मिलेमतोमा हत्या भएको खुलेसँगै दुबै जनालाई पक्राउ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

सम्बन्धित समाचार