इलाममा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ घाइते
इलाम । इलाम नगरपालिका १० स्थित मेची राजमार्गमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बस अनियन्त्रित भै दुर्घटना हुँदा ४ जना घाईते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि बारा जिल्लाको सिम्राहागण नगरपालिका ७ का ३५ बर्षीय प्रदिप कुसवाहाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय इलामले जनाएको छ । चवालिस जना यात्रु लिएर इलाम घुम्न आएको ना.४ ख ६२४८ नम्वरको बस सोमबार राति ९ बजे अनियन्त्रित भई सडकको नालीमा ठोक्किएर दुर्घटना हुँदा कुसवाह झ्यालबाट हाम्फाल्ने क्रममा बसले च्याप्दा घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा गम्भिर घाईते भएका ४० बर्षीय धुरुप कुसुवाहको बीएण्डसी अस्पताल बिर्तामोडमा र अन्य सामान्य घाईते ३ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको सम्वन्धमा इलाका प्रहरी कार्यालय पशुपतिनगरले थप अनुसन्धान गरिरहेको जनाएको छ ।