२०८३ बैशाख १८ गते , शुक्रबार

सैनिक मञ्चमा मनाइयो प्रजातन्त्र दिवस

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन ७ गते , शनिबार
सैनिक मञ्चमा मनाइयो प्रजातन्त्र दिवस


काठमाण्डौ नेपाली जनता रैतीबाट नागरिक घोषणा भएको ऐतिहासिक दिनका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष समारोहको आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मनाइएको   राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मूल समारोह समितिको आयोजनामा सम्पन्न समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, मन्त्रीगण, उच्चपदस्थ कर्मचारी लगायतको सहभागिता थियो

समारोहलाई उत्सवमय तुल्याउन नेपाली सेनाले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ ब्यानर अङ्कित दुई वटा हेलिकोप्टरबाट पुष्पवृष्टि गराएको थियो भने मैदानबाट शान्तिका दूत परेवा रङ्गीचङ्गी बेलुन उडाइएको थियो कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बलबाट मार्च पासका साथैयो नेपाली शीर उचाली...’सहित देश प्रेमले भरिपूर्ण कालजयी राष्ट्रिय गीतका धून व्याण्ड प्रस्तुत गरिएको थियो समारोहलाई प्रधानमन्त्री देउवाले सम्बोधन गरेका थिए

 

सम्बन्धित समाचार