२०८२ जेष्ठ ३२ गते , शनिबार

गीत

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन ७ गते , शनिबार
गीत

नजानेर हो कि या भयो जानाजानी

यसो उसो गर्दा गर्दै बित्यो जिन्दगानी

 

कसले पो टिप्छ यहाँ ओइलिएको फूललाई

सुधार्नलाई पाइन्न कि अन्जानको भुललाई

आँखा भरि भेल बग्यो थोपा थोपा पानी

भिर पाखा धाउँदा धाउँदै बित्यो जिन्दगानी

 

कुल्चिएर हिँड्छन् सबै झरेका ती पातलाई

पाप लाग्ला बिपत्तिमा छोडिएका हातलाई

नहुँदामा चित्त बुझ्ने हुँदा छानी छानी

लेक बेंसी गर्दा गर्दै बित्यो जिन्दगानी

 

मोहन अर्यालपरन्तु

बिर्तामोड , झापा

 

सम्बन्धित समाचार