२०८३ बैशाख १८ गते , शुक्रबार

प्रमुख सेनानी थापालाई सम्मान

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन ७ गते , शनिबार
प्रमुख सेनानी थापालाई सम्मान


बिर्तामोड । झापाको चारआलीस्थित श्री नयाँ श्रीनाथ गणका गणपति प्रमुख सेनानी अमरजंग थापालाई विभिन्न संघ संस्थाहरुले सम्मान गरेका छन । थापालाई एकका लागि एक अभियान लगायत बिर्तामोडका डेढ दर्जन बढी सामाजिक संघ संस्थाहरुले सम्मान गरेका हुन ।

२०७६ माघ २६ गतेदेखि झापाको चारआलीस्थित गणमा प्रमुख भएर आएका थापा सरुवा भएर शिवपुरी जाँदैछन । थापाले कोरोनाको महामारीका बिच झापा आएर शान्ति सुरक्षासँगै कोरोना महामारी नियन्त्रणमा समेत उच्च कौशलता प्रस्तुत गरेको भन्दै थापालाई सम्मान गरिएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले बताए । गणपति थापालाई बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, सहारा नेपालका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरी, युनिकम नेपालका केन्द्रीय सदस्य गजेन्द्र पौडेल र झापा गोल्ड कपका अध्यक्ष बिनोद बस्नेतले शुभकामना दिएका थिए ।

कार्यक्रममा मन्तब्य राख्दै प्रमुख सेनानी थापाले झापा स्मार्ट मानिसहरुको बसोबास रहेको जिल्ला भन्दै प्रशंसा गरे । थापाले कोरोना महामारी रोकथाममा एकका लागि एक अभियान लगायत अन्य संघ संस्थाहरुले पुर्याएको योगदान प्रशंसनीय भएको बताउँदै झापालीको उज्वल भविष्यको कामना गरे ।

२०३८ सालमा नुवाकोटमा जन्मिएका थापा २०५८ सालदेखि नेपाली सेनामा कार्यरत छन थापा गोरखा दक्षिण बाहु चौथो, अति पैरवी भाष्कर, प्रधान सेनापति प्रशंसा निशान पहिलो ०७३ ०७७ लगायतका पदक तथा विभुषणबाट विभुषित भइ सकेका छन्

सम्बन्धित समाचार