२०८३ बैशाख १८ गते , शुक्रबार

राष्ट्रपति, प्रधानमन्त्री तथा उपराष्ट्रपतिले दिए प्रजातन्त्र दिवसको शुभकामना

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन ७ गते , शनिबार
राष्ट्रपति, प्रधानमन्त्री तथा उपराष्ट्रपतिले दिए प्रजातन्त्र दिवसको शुभकामना


काठमाण्डौ राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक न्याय, समानता समृद्धिका माध्यमबाट जनतालाई वास्तविक परिवर्तनको अनुभूति गराउँदै हाम्रो लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्ने बताएकी छन्

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दै उनले लोकतान्त्रिक प्रणालीले मात्र नागरिकलाई एकताको मालामा गाँसेर बलियो राष्ट्र निर्माण गर्ने बताएकी हुन् साथै उनले प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौँ सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेकी छन् 

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज दिएको शुभकामना सन्देशमा राष्ट्रपतिले जहानियाँ निरङ्कुश शासनविरुद्ध बलिदानीपूर्ण सङ्घर्षको परिणामस्वरूप २००७ सालको आन्दोलन सफल भएर आधारभूत मानवअधिकारको बहाली गराई नेपाली जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना सम्मानस्वरूप प्रत्येक वर्ष फागुन गते हामी प्रजातन्त्र दिवस मनाउँछौँ भन्दै त्यसपछिको सात दशकभन्दा लामो उतारचढावपूर्ण यात्रामा नेपाली जनताको निरन्तर सङ्घर्षकै प्रतिफलस्वरूप आज हामी लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएको उल्लेख गरेकी छन्

प्रधानमन्त्री शेरबहादुर देउवाले ७२औँ प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै २००७ सालको क्रान्त्रिको जगमा उभिएर नै आज सबैले स्वतन्त्रता आत्म सम्मानका साथ बाँच्न पाइरहेको, नागरिक हकअधिकारको उपभोग गर्न पाएको तथा राज्यको सबै तह संरचनामा आम नागरिकको पहुँच स्थापित हुन सकेको बताएका छन् यसलाई अब सबैले थप सबल सुदृढ तुल्याउन आवश्यक रहेको उनले उल्लेख गरेका हुन्

वास्तवमै हामी आज स्वतन्त्र देशका सम्मानित सार्वभौम नागरिक भएका छौँ राजनीतिकरूपमा मुलुकले ठूलो फड्को मारेको यसका लागि २००७ सालको राजनीतिक क्रान्तिदेखि २०४६ २०६२र६३ सालको जनआन्दोलनसम्मको ठूलो भूमिका रहेको ’, प्रधानमन्त्री देउवाले बताएका छन्।

उपराष्ट्रपति नन्दबहादुर पुनले प्रजातन्त्र दिवसले देशको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता नेपाली जनताको स्वतन्त्रतालाई अझै सुदृढ गर्दै विकास समृद्धिको मार्गमा अगाडि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्

प्रजातन्त्र दिवस २०७८ को अवसरमा शुभकामना सन्देश दिँदै उपराष्ट्रपतिले भनेका छन्, ‘विभिन्न कालखण्डमा भएका सशस्त्र सङ्घर्ष, जनआन्दोलन, जनयुद्ध २०६२÷६३ को ऐतिहासिक जनआन्दोलनबाट प्राप्त भएको गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायतका राजनीतिक उपलब्धिलाई संविधानले संस्थागत गरिसकेको यी उपलब्धीको संरक्षण रक्षामा हामी सबैले जोड दिनुपर्दछ

सम्बन्धित समाचार