२०८३ बैशाख १८ गते , शुक्रबार

अपहरित दुई बालबालिकाको बिर्तामोडबाट उद्वार

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन ६ गते , शुक्रबार
अपहरित दुई बालबालिकाको बिर्तामोडबाट उद्वार


बिर्तामोड शुक्रबार प्रहरीले झापाको बिर्तामोडबाट दुई बालबालिकालाई उद्वार गरेको रुपन्देहीबाट अपहरणमा परेका उनीहरुलाई पौने बजे बिर्तामोडको बसपार्कबाट उद्वार गरेको हो

उनीहरु रुपन्देहीको सैनामैनाबाट अपहरणमा परेका थिए बिहीबार बिहान विद्यालय जान घरबाट निस्केका उनीहरूलाई आफ्नै फुपाजुले फोटो खिच्ने बहानामा अपहरण गरेको प्रहरीले जनाएको बिहीबार बिहान बजेदेखि सम्पर्कविहीन भएका सैनामैना नगरपालिका बस्ने पुष्पा दाहालकी छोरी छोरालाई शुक्रबार दिउँसो रुपन्देही प्रहरीसँगको समन्वयमा झापाको बिर्तामोडबाट इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले उद्वार गरेको हो प्रहरीले अभियुक्तको फोन ट्रेसिङ गरेर उनीहरु रहेको स्थान पहिचान गरेको थियो उनीहरुलाई नेपालगञ्ज जाने बसमा चढेको अवस्थामा फेला पारिएको बताइएको

घटनामा संलग्न अभियुक्त खिमबहादुर पौडेललाई पक्राउ गरेको प्रहरीले जनाएको उद्वारपछि बालबालिका अभियुक्त पौडेललाई रुपन्देही पठाइएको

सैनामैना घमाहा खोला बस्ने खिमबहादुरसँग पारिवारिक विवाद भएका कारण उनले नै अपहरण गरेको भन्दै किटानी जाहेरी परेको थियो

 

सम्बन्धित समाचार