४ क्विण्टल गाँजासहित ३ जना पक्राउ

बिर्तामोड । उदयपुरको बेलका नगरपालिका ८ सिरुवानीवाट ठुलो परिमाणमा नियन्त्रीत लागूऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध गाँजाको ओसार पसार तथा कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले विहिबार बिहान सवा २ बजे ४ सय केजी गाँजा सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बेलका नगरपालिका ८ का २७ बर्षीय गोकुल राई, बेलका नगरपालिका ७ का २९ बर्षीय मनोज राई र बराहक्षेत्र नगरपालिका १ सुनसरीका २३ बर्षीय मनिष धामी रहेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । उनीहरुलाई को.१ ज २७६१ नम्बरको पिकअपमा गाँजा ओसार पसार गरिरहेको अवस्थामा पिकअप सहित पक्राउ गरिएको हो । उनीहरुको साथबाट प्रहरीले नगद ६३ हजार २५ रुपैयाँ समेत बरामद गरेको जनाएको छ । गाँजासहित पक्राउ परेकाहरुलाई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।