२०८३ बैशाख १८ गते , शुक्रबार

प्रदेश १ को नामाकरण प्रस्ताव फागुन १० गते

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन ६ गते , शुक्रबार
प्रदेश १ को नामाकरण प्रस्ताव फागुन १० गते


विराटनगर प्रदेश का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरणका लागि छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् प्रदेश सरकारको चालु अधिवेशनबाट नामको टुङ्गो लगाउने भन्दै उनले फागुन १० गतेका लागि सर्वदलीय बैठक बोलाएका हुन्

नामकरणका लागि समन्वय तथा सहजीकरण गर्न माघ १६ गतेको मन्त्रिपरिषद् बैठकले तत्कालीन सामाजिक विकास मन्त्री (हाल स्वास्थ्य मन्त्री) जयराम यादवको नेतृत्वमा कार्यदल गठन गरेको थियो सोही कार्यदल मार्फत छलफल आह्वान गरेका हुन्

सर्वदलीय बैठक आह्वानको तयारीका लागि बिहीबार सत्तारुढ गठबन्धनको बैठक बसेको थियो

बैठकमा नेपाली कांग्रेसका तर्फबाट संसदीय दलका उपनेता एवं सडक, पूर्वाधार तथा शहरी विकास मन्त्री हिमाल कार्की, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बो संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी संसदीय दलका नेता तथा सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाङ्फे सहभागी थिए

बैठकले सत्तारुढ पाँच दलीय गठबन्धनका तर्फबाट सर्वसम्मतिले प्रदेश को नाम प्रस्ताव गर्ने प्रारम्भिक सहमति गरेको स्वास्थ्य मन्त्री तथा प्रदेशको नामकरणका लागि गठित समन्वय तथा सहजीकरण कार्यदलका प्रमुख यादवले जानकारी दिए उनका अनुसार बैठक फागुन १० गते दिनको १२ः१५ बजेका लागि बोलाइएको

 

सम्बन्धित समाचार