२०८३ बैशाख १८ गते , शुक्रबार
यूनियनद्वारा दावी भुक्तानी रकम हस्तान्तरण
बिर्तामोड । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी बापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीले वुधबार शिवसताक्षी ८ झिलझिलेका मृतक नरबहादुर सिगुको परिवारलाई ५ लाख ८५ हजार ३६० रुपैँया प्रदान गरेको हो ।
कोरोना संक्रमणबाट मृत्यु भएका सिगुकी श्रीमती फुलमाया लावतीलाई यूनियनको बिर्तामोड शाखाका प्रमुख बद्री भण्डारीले सो रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । नरबहादुरले तीन बर्ष अघि ५ लाख ४० हजारको विमा गरेको र यो अवधिभरमा प्रिमियम बापत १ लाख रुपैँया जम्मा गरेको शाखा प्रमुख भण्डारीले बताए ।
मृतककी श्रीमती फुलमायाले चेक ग्रहण गर्दै वीमा अत्यन्तै आवश्यक भएको र यो रकमले मृतक श्रीमानको उपचारमा लागेको ऋण तिर्ने बताइन् । उनले अहिले आएर वीमाको महत्व बुझेको भन्दै ठूलो वीमा गर्नुपर्नेमा जोड दिइन् ।