२०८३ बैशाख १८ गते , शुक्रबार

चक्कु प्रहार गरि श्रीमतीको हत्या

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन २ गते , सोमबार
चक्कु प्रहार गरि श्रीमतीको हत्या


बिर्तामोड । झापाको भद्रपुर नगरपालिका १ लाहुरे चोकका ३४ बर्षीय अमर बहादुर तामाङले चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । सोमबार बिहान साढे ५ बजे तामाङले मोबाइल बिगारेको बिषयमा ३४ बर्षीया अनिता लिम्बुलाई घाटी तथा शरिरमा चक्कु प्रहार गरि आफ्नै घरमा हत्या गरेको प्रहरीले जनाएको छ ।
चक्कु प्रहार गर्ने तामाङ सिमा प्रहरी चौकी पृथ्वीनगरले नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापामा लगिएको छ । शव आवश्यक कानूनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागी मेची अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार