२०८३ बैशाख १८ गते , शुक्रबार

आगलागीपछि मेचीनगरमा तनाव, सडकजामसँगै नगर प्रमुख र उपप्रमुखको राजीनामा माग

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन १ गते , आईतबार
आगलागीपछि मेचीनगरमा तनाव, सडकजामसँगै नगर प्रमुख र उपप्रमुखको राजीनामा माग


बिर्तामोड चाउचाउ उद्योगमा आगलागी भएको भोलिपल्टै आइतबार विहान मेचीनगर भानुटोलमा रहेको पासाङ तामाङ दिलबहादुर गुरुङको घर आगलागीबाट पूर्ण क्षति भयो केहिदिन अघि मेचीनगरमै रहेको एसएस फुट वेयरमा आगलागी भए यता नै मेचीनगरको बारुण यन्त्र बिग्रिएको बिषयलाई लिएर रुष्ट बनेका स्थानीय आज सर्वसाधारणको घर नष्ट भएसँगै थप आक्रोशित बने

वारुण यन्त्र मर्मत नहुँदा धनमालको क्षति भएको भन्दै आइतबार स्थानीयले मेचीनगरइटाभट्टा क्षेत्रमा विहान बजेदेखि बजेसम्म टायरबालेर सडक अवरुद्ध गरे सडकजामसँगै स्थानीयले नगर प्रमुख विमल आचार्य उपप्रमुख मिना उप्रेती विरुद्ध चर्को नाराबाजीसमेत गरे स्थानीयले महँगो गाडीमा मेयर उपमेयर सवार हुने तर वारुण यन्त्र मर्मतमा ध्यान नदिने भन्दै आक्रोश पोखेका थिए नाराबाजी पछि स्थानीयले मेचीनगर नगरपालिकाको कार्यालयमा तालाबन्दी समेत गरेको स्थानीयले बताए

आन्दोलनकारीले नगरपालिका कार्यालयको मुख्य गेटमा तालाबन्दी समेत गरे गेटमा तालाबन्दी गर्दा कर्मचारीहरु नगरपालिका भित्रै थुनिएका थिए घण्टा यातायातका सवारी साधानहरु अवरुद्व भएको थियो

भोलि आगलागी भएको ठाउँमा नगरपालिकाका मेयर उपमेयरलाई उपस्थित गराउने सहमतीपछि सडक आन्दोलन स्थगित भएको आगलागी भएको ठाउँको स्थलगत अनुगमन गर्ने साथै कमीकमजोरीको बिषयमा पालिकामा छलफल गर्ने सहमतिपछि आन्दोलन स्थगित भएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक सुनिल दाहालले जानकारी दिए

स्थानीयले नगरपालिकाले वटा दमकल अपडेट राख्नु पर्ने माग गरेका छन् यदि दमकल अपडेट राख्न नसके मेयर उपमेयरले राजीनामा दिनु पर्ने माग गरेको स्थानीयले बताए

आइतबार विहान भएको आगलागीबाट पासाङ तामाङको घर भने पुरै जलेर नष्ट भएको मेचीनगरको दमकल नहुँदा बिर्तामोडको दमकल आएको थियो  

सम्बन्धित समाचार