२०८३ बैशाख १८ गते , शुक्रबार
कटुवा पेस्तोलसहित एक जना भद्रपुरबाट पक्राउ

बिर्तामोड । झापाको भद्रपुरबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन । प्रहरीले भद्रपुर ६ नयाँबस्तीका २४ बर्षीय मुगालाल माझीलाई पक्राउ गरेको जनाएको छ ।
आइतबार बिहान ६:३० बजे माझीले हतियार लुकाएको गोप्य सुचनाका आधारमा सशस्त्र प्रहरी बल २ नम्बर गणका सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमबहादुर भण्डारीको कमाण्डमा गएको टोली र भद्रपुरको वडा प्रहरी कार्यालयको संयुक्त टोलीले माझीको घर खानतलासी गर्दा बाहिर लुकाइ राखिएको एक थान कयुवा पेस्तोल बरामद गरेको थियो । बरामद हतियार र माझीलाई जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको सशस्त्र प्रहरी बल २ नम्बर गणका सुचना अधिकृत सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमबहादुर भण्डारीले बताए ।