२०८३ बैशाख १८ गते , शुक्रबार

आज २७औँ जनयुद्ध दिवस : माओवादी अध्यक्ष प्रचण्डद्वारा शुभकामना व्यक्त

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन १ गते , आईतबार
आज २७औँ जनयुद्ध दिवस : माओवादी अध्यक्ष प्रचण्डद्वारा शुभकामना व्यक्त


काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रचण्डले छरिएर रहेका माओवादी घटकहरुलाई एकताबद्ध हुन आह्वान गरेका छन्

देशीविदेशी प्रतिक्रियावादी शक्तिहरु जनताको बलिदानबाट प्राप्त परिवर्तनलाई उल्ट्याउन तथा परिवर्तनको नेतृत्व नेता पार्टीलाई बदनाम गर्न अहिले पनि लागिरहेको भन्दै प्रचण्डले देशको अगाडि आइपरेको समस्यालाई आत्मसात गर्दै माओवादी घटकहरुलाई एकतावद्ध हुन आग्रह गरेका हुन्

२७ औं जनयुद्ध दिवसको सन्दर्भमा आज शुभकामना वक्तव्य जारी गर्दै प्रचण्डले भनेका छन्, ‘छरिएर रहेका माओवादी घटकहरुलाई देशको अगाडि आइपरेको समस्यालाई आत्मसात गर्दै एकतावद्ध हुन आग्रह गर्दछु परिवर्तनका लागि लडेका शक्तिहरु एक भए वर्तमान परिवर्तनलाई अझै सुदृढ र समृद्ध गर्न सकिने विश्वास व्यक्त गर्दछु

अध्यक्ष प्रचण्डले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता शुभेच्छुकरशुभचिन्तक आम जनसमुदायलाई एकतावद्ध भएर सबै खाले प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्नका लागि अगाडि बढ्न अपील गरेका छन्

उनले माओवादी जनयुद्धमा सहभागी भएका माओवादी पहिचान बनेका विभाजित माओवादी नेता तथा कार्यकर्ता तथा शान्ति संविधानको बाटोमा सहकार्य गर्दै आएका सम्पूर्ण शक्तिहरुमा जनयुद्धका उपलब्धि एवं संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा शान्ति सम्झौताको मर्म भावना अनुसार अगाडि बढ्न विशेष अनुरोध गरेका पनि छन्

जनयुद्ध दिवसको मनाउनुको सबैभन्दा ठूलो अर्थ, महत्व औचित्य परिवर्तनकारी क्रान्तिकारी शक्तिहरुबीचको एकता भएको विश्वाससहित उनले देशभित्र बाहिर रहेका सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरु श्रमजीवि नेपाली जनसमुदायमा बधाई तथा शुभकामना व्यक्त गरेका छन्

विविध कार्यक्रम गरी जनयुद्ध दिवस मनाईँदै

माओवादीले २०५२ फागुन गते शुरु गरेको १० वर्षे सशस्त्र युद्ध सुरु गरेको दिनको सम्झनामा हरेक वर्ष फागुन गते जनयुद्ध दिवस मनाउने गर्दछ जनयुद्ध दिवसको पूर्व सन्ध्यामा शनिबार साँझ विभिन्न स्थानहरुमा दिप प्रज्वलन गरिएको

मधेश प्रदेशले पहिलो पटक जनयुद्ध दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने घोषणा गरेको भने सहिद परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने कार्यक्रम कार्यक्रमलाई माओवादी अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने बताईएको पार्टीको केन्द्रदेखि वडा कमिटिसम्मले सहिदहरुको सम्झनामा विभिन्न कार्यक्रम गरिँदैछ

 

सम्बन्धित समाचार