२०८३ बैशाख १८ गते , शुक्रबार

तीन दिन मौसम सफा रहने

sajilo news
परिवेश मिडिया
२०७८ माघ २९ गते , शनिबार
तीन दिन मौसम सफा रहने


काठमाण्डौ । आजदेखि ३ दिनसम्म मौसम सफा रहने  जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबारदेखि कम्तिमा मंगलबारसम्म कतै पनि वर्षा र हिमपातको सम्भावना देखिएको छैन ।
महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव भने जारी छ। यतिबेला मुलुकका केही पहाडी भेगमा आंशिक बदली छ भने तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ ।
अहिलेसम्मको अनुमानका आधारमा करिब एक हप्तायता पानी पार्ने तथा हिमपात गराउने कुनै मौसम प्रणाली विकास हुने सम्भावना नदेखिएको मौसमविद् वरुण पौडेलले जानकारी दिए । 
देशमा कतै छिटपुट पानी परिहाल्यो भने बेग्लै कुरा हो नभए एक सातासम्म उल्लेखनीय वर्षा र हिमपात गराउने मौसम प्रणाली विकासको सम्भावना नभएको मौसमविद् पौडेलले बताए ।

सम्बन्धित समाचार