२०८३ बैशाख १८ गते , शुक्रबार
बोलेरोको ठक्करबाट स्कुटर चालकको मृत्यु

बिर्तामोड । झापाको कमल गाउँपालिका ४ स्थित पुर्व पश्चिम राजमार्गमा बलेरोको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा शिवशताक्षी ८ का ४१ बर्षीय नर बहादुर गहतराज रहेको प्रहरीले जनाएको छ । विहिबार दिउँसो सवा ३दिउसो पूर्व तर्फ जाँदै गरेको मे.१च ११६७ नम्वरको बलेरोले बिपरित दिशा तर्फ आउदै गरेको मे.६प २७१६ नम्वरको स्कुटरलाई ठक्कर दिदा गम्भिर घाईते भएका स्कुटर चालक गहतराजको उपचारको क्रममा दमक लाईफ लाईन अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा संलग्न बोलेरो र चालक मोरङ रंगेलीका दिपक अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।