अटोचालक हत्या आरोपी काकरभिट्टाबाट पक्राउ
झापा । नवलपुरको कावासोतीमा माघ १७ गते राति अटो चालकको हत्या गरेको अभियोगमा एक युवकलाई प्रहरीले झापाको काकरभिट्टाबाट पक्राउ गरेको छ ।
कावासोती नगरपालिका १३ गैरी घर भएका ५२ वर्षका माधवप्रसाद गिरीको हत्याको आरोपमा कावासोतीकै २० वर्षका पृथ्वी भुजेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार २० वर्षका भुजेल नेपाल भारत सीमाको काकरभिट्टाबाट बुधबार साँझ पक्राउ परेका हुन् । नवलपुर प्रहरीले दिएको सुचनाका आधारमा झापा प्रहरीले भुजेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी वसन्त पाठकले जानकारी दिए ।
पक्राउ परेका अभियुक्त भुजेललाई नवलपुर लगिएको प्रहरीले जनाएको छ । भुजेल घटना लगत्तै फरार थिए ।
गिरी र भुजेल घटना भएको दिन राति सँगै बसेर मदिरा पान गरेको र पछि भुजेलले नै गिरीको हत्या गरेको प्रहरीको दावी छ । गिरीको हत्यापछि फरार रहेका भुजेलविरुद्ध गिरीको परिवारले किटानी जाहेरी समेत दिएको छ ।
गिरीको हत्या गरी शव घोलको हिलोमा गाडेर माथिबाट कर्कलाको पातले छोपेर राखिएको अवस्थामा भेटिएको थियो