२०८३ बैशाख १८ गते , शुक्रबार

सवारी दुर्घटनामा परी झापामा दुई जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७८ माघ २६ गते , बुधबार
सवारी दुर्घटनामा परी झापामा दुई जनाको मृत्यु

बिर्तामोड वुधबार झापामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको

पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको बिर्तामोड बुट्टाबारीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको

दिउँसो बजे पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको मे १९१८ नम्बर म्याजिक भ्यानले विपरीत दिशाबाट जाँदैं गरेको प्रदेश०१०१३ ७३२६ नम्बरको मोटर साइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक अर्जुनधारा ११ का ५४ वर्षीय दिलीप राजवंशी पछाडी सवार बिर्तामोड का ४९ वर्षीय कृष्ण राजवंशी घाइते भएका थिए

गम्भिर घाइते मोटर साइकल चालक दिलीपको उपचारको क्रममा बीएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी वसन्त पाठकले जानकारी दिए दुवै सवारी साधन ठक्कर दिने भ्यानका चालक मेचीनगर का ४० बर्षीय गोपाल पोखरेल इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको

त्यस्तै, गौरादहपाडाजुँगी सडकखण्डमा ट्रकले किचेर एक महिलाको मृत्यु भएको मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका की ५३ वर्षीया हिमादेवी दाहाल रहेको प्रहरीले जनाएको

प्रहरीका अनुसार गौरादहपाडाजुँगी सडक खण्डअन्तर्गत गौरादह नगरपालिका स्थित गुरुङचोकमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश ०१०१४ ३३२६ मोटरसाइकलमा सवार दाहाल सडकमा अचानक लड्दा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे २६९८ नम्बरको धान बोकेको ट्रकले किचेको थियो दाहालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको दाहाललाई किच्ने ट्रक सडक छेउमा पल्टिएको थियो

मोटरसाइकल चालक मृतकका श्रीमान् ५६ वर्षीय नन्दलाल दाहाल भने सकुशल छन् ट्रक, मोटरसाइकल ट्रक चालक गौरादह का ३६ बर्षीय सन्तोष अधिकारी इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको बताइएको  

सम्बन्धित समाचार