२०८३ बैशाख १८ गते , शुक्रबार

विस्फोटक पदार्थको कारोबारी सार्वजनिक, काँकरभिट्टा नाकाको सुरक्षा संवेदनशिलतामाथि प्रश्न

sajilo news
पुष्प खड्का
२०७८ माघ २६ गते , बुधबार
विस्फोटक पदार्थको कारोबारी सार्वजनिक, काँकरभिट्टा नाकाको सुरक्षा संवेदनशिलतामाथि प्रश्न

बिर्तामोड केहि दिनअघि नेपालभारत सीमानजिक बालुवामा गाडेर राखेको अवस्थामा सशस्त्र प्रहरीले विस्फोटक पदार्थ बरामद गर्यो वुधबार नेपाल प्रहरीले उक्त विस्फोटक पदार्थको कारोबार गर्ने चिरण रोका मगरलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको

म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर रुमका २८ बर्षीय चिरण रोका मगरलाई उक्त घटनामा संलग्न भएको भन्दै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको हो प्रहरीले मगरलाई माघ २१ गते उनकै गाउँबाट पक्राउ गरेको जनाएको पक्राउ परेका मगरलाई विस्फोटक पदार्थ सम्बन्धि कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी वसन्त पाठकले जानकारी दिए

पत्रकार सम्मेलनमा प्रहरीले मगरले २०७२ सालबाटै भारतको मेघालयबाट विस्फोटक पदार्थ नेपाल ल्याएर बिक्री गर्ने गरेको बताएको सामान्य मजदुरी गर्ने मगर कोइलाखानीमा काम गर्न पहिलो पटक ०७२ सालमा भारतको सिलोङ् गएको फर्कँदा १५० थान नेपोलाइट सोहि मात्रामा डिटोनेटर लिएर नेपाल आएको सुचना अधिकारी पाठकले जानकारी दिए उनका अनुसार मगरले पुनः२०७४ सालमा ५० सेट नेपोलाइट डिटोनेटर भारतबाट नेपाल ल्याएका थिए यसरी ल्याएको उक्त विस्फोटक पदार्थ मगरले म्याग्दी कै तारखोला, खोलार्क लगायतका गाउँमा रहेका ठूला ढुंगाखानीका ठेकेदारहरुलाई ढुंगा फुटाउने प्रयोजनका लागि महंगो मुल्यमा बेच्ने गरेको पाठकले बताए

तेस्रो पटक २०७५ साल चैत १२ गते मगर ४०० सेट नेपोलाइट डिटोनेटर लिएर आउने क्रममा ३५० थान डिटोनेटर २०१ थान नेपोलइटसहित भारतको पानीटंकीमा पक्राउ परी महिना सिलिगढीको कारागारमा काराबास बसेका थिए उनले सोहि समयमा ल्याएका बाँकी नेपोलाइट डिटोनेटर काकरभिट्टा भन्सार गेटमा वेवारिसे अवस्थामा प्रहरीले फेला पारेको थियो पछि सोहि कसुरमा मगर जिल्ला अदालत झापाबाट ३० हजार धरौटीमा छुटेका थिए

पछिल्लो पटक माघ १८ गते मगरले ल्याएर मेचीनगर गैरीगाउँमा गाडेर राखेको अवस्थामा ८० थान डिटोनेटर ९१ थान नेपोलाइट जस्तो देखिने वस्तु बरामद गरेको थियो

मगरले लिएर आएका उक्त विस्फोटक पदार्थ सुरक्षितसाथ नेपाल छिराउन एक विद्युतीय रिक्साका चालकलाई एक हजार रुपैयाँ दिएर काकरभिट्टाको एक होटलमा पुर्याउन आग्रह गरेका थिए तर रिक्सा चालकलाई शंका लागि प्रहरीलाई खबर गरेपश्चात उक्त सामग्री बरामद भएको थियो

नेपालमा चुनाव आउनै लागेको समयमा सीमानाकाबाट विस्फोटक पदार्थ बरामद हुँदा सुरक्षा निकायको तनाब बढेको अधिकारी बताउँछन् केहि समयअघि हिमाल सुरक्षा परिषदको नाममा झापाको बिर्तामोड दमकमा होक्स (बम जस्तो देखिने बस्तु) फेला पर्नुले नै सुरक्षा निकायको तनाव बढेको थियो केहि दिन अघि झापाको बाहुण्डाँगीबाट प्रहरीले भरुवा बन्दुकमा प्रयोग हुने नाल बन्दुकमा प्रयोग हुने विस्फोटक पदार्थ पक्राउ गरेको

यसरी निरन्तर विस्फोटक पदार्थ बरामद भएपनि यसको कुनै सशस्त्र संगठनसँग सम्बन्ध नभएको निष्कर्षमा प्रहरी पुगेको

तर, मगरले नै यति धेरैपटक विस्फोटक पदार्थ भित्र्याएर कारोबार गरिरहँदा अन्य यस्तै के कति कारोबार भइरहेको भन्ने कुराले काकरभिट्टा नाकाको सुरक्षा संवेदनशिलतामाथि प्रश्न खडा गरेको  

सम्बन्धित समाचार