निर्माण लहर ११ औं वर्षमा प्रवेश

बिर्तामोड । झापाको भद्रपुरबाट प्रकाशित निर्माण लहर साप्ताहिक ११ औ वर्षमा प्रवेश गरेको छ ।
आर्थिक विधालाई प्रमुखतामा राखेर २०६८ माघ २४ गतेबाट प्रकाशन आरम्भ भएको निर्माण लहर साप्ताहिक १० वर्ष पूरा गरी आजदेखि ११ औं वर्षमा प्रवेश गरेको सम्पादक रोहित काफ्लेले जानकारी दिए । पत्रिकाले आर्थिक विषयवस्तुलाई बढी समेट्ने गरेको छ । निर्माण लहर झापाको पहिलो र एक मात्र आर्थिक पत्रिका भएको दाबी गर्दै सम्पादक काफ्लेले भने, ‘निर्माण लहर आर्थिक समृद्धिको सहयात्री हो ।’ पत्रिकाको मंगलबार सम्वाद स्तम्भलाई पाठकहरूले निकै रूचाएका छन् ।
पछिल्लो समय विश्वव्यापी महामारी कोरोना भाइरसका कारण पत्रिका वितरणमा केही समस्या उत्पन्न भएको बताउँदै सम्पादक काफ्लेले परिस्थिति सामान्य अवस्थामा फर्किएपछि वितरणलाई थप विस्तार र व्यवस्थित बनाइने जानकारी दिए ।
११ औं वर्ष प्रवेशको अवसरमा सबै सहकर्मी, विज्ञापनदाता, सहयोगीप्रति सम्पादक काफ्लेले आभार प्रकट गरेका छन् ।