२०८३ बैशाख १८ गते , शुक्रबार
सारेगम लिटल च्याम्पको पहिलो र दोस्रो उपाधी झापाली चेलीलाई

बिर्तामोड । बाल गायन रियालिटी सो सारेगमप लिटल च्याम्प नेपालको उपाधी झापाकी कृपा पौडेलले जितेकी छिन् । दोस्रो उपाधीपनि झापाकै बाल गायिका रोशा फुयालले हात पारेकी छिन ।
शनिबार राति सम्पन्न फाइनल प्रतियोगितामा बिर्तामोड २ झापाकी १४ बर्षीया कृपाले प्रथम स्थान जितेकी हुन् ।
ग्यालेक्सी फोर के टेलिभिजनमा विगत १८ हप्तादेखि प्रसारण भइरहेको सारेगमपको हिजो राति सम्पन्न भएको फाइनलमा अन्य चार प्रतिस्पर्धीलाई उछिन्दै कृपाले उपाधी जित्न सफल भएकी हुन् ।
त्यस्तै प्रतियोगिताको दोस्रो स्थानपनि झापा मेचीनगरकी रोशाले हात पारिन । भारत सिलिगुडीका आदित्य विश्वकर्मा सेकेण्ड रनरअप भए ।