२०८३ बैशाख १८ गते , शुक्रबार
इलामका पत्रकार सुसेलीलाई मातृशोक

बिर्तामोड । नेपाल पत्रकार महासंघ इलाम शाखाका पूर्व सभापति एवम् पत्रकार महासंघ प्रदेश १ का पूर्व उपाध्यक्ष अग्रज पत्रकार सोमनाथ सुसेली (अधिकारी) लाई मातृशोक परेको छ । पत्रकार सुसेलीको ८२ बर्षीया आमा बिष्णुमाया अधिकारीको शनिबार दिउँसो निधन भएको हो । इलाम नगरपालिका ९ निवा अीधिकारीको घरमै निधन भएको पारिवारीक श्रोतले जनाएको छ ।
लामो समयदेखि दम रोगबाट पिडित अधिकारीको शनिबार दिउँसो साढे १ बजे निधन भएको हो । मृतक अधिकारीको श्रीमान, दुईछोरा र एक छोरी छन् । मृतक अधिकारीको आइतबार बिहान माईखोलाको राजदुवाली घाटमा अन्तेष्टि गरिने बताइएको छ । सुसेली रेडियो नेपालबाणी एफएम इलामका स्टेशन म्यानेजर र इलाम एक्सप्रेस दैनिकका प्रधान सम्पादक रहेका छन् ।