२०८३ बैशाख १८ गते , शुक्रबार
१५ ग्राम ब्राउन सुगरसहित दुई भारतीय पक्राउ

बिर्तामोड । झापाको मेचीनगर १५ बाट प्रहरीले १५ ग्राम ब्राउन सुगरसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । शनिबार ३ः१० बजे भारत दार्जिलिङ पञ्चायत बतारे चुनिलाल गाउँको २५ बर्षीय मो। सुल्तान र २७ बर्षीय रञ्जित गणेशलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सशस्त्र प्रहरी बल र प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा मो. सुल्तानको साथबाट लागूऔषध ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए । उनीहरुलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको र जिल्ला अदालत झापाबाट म्याद थप गरी कानूनी प्रक्रिया अगाडी बढाइने पाठकले बताए ।