२०८३ बैशाख १८ गते , शुक्रबार

स्थापना दिवसमा प्रेस चौतारी झापाद्वारा आचारसंहिता सम्बन्धी अन्तरक्रिया

sajilo news
परिवेश मिडिया
२०७८ माघ २२ गते , शनिबार
स्थापना दिवसमा प्रेस चौतारी झापाद्वारा आचारसंहिता सम्बन्धी अन्तरक्रिया

बिर्तामोड प्रेस चौतारी नेपाल झापाले स्थापना दिवसको अवसरमा पत्रकारिता आचारसंहिता सम्बन्धी अन्तरक्रिया गरेको

२४ औं स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा आचारसंहिता विषयक अन्तरक्रियामा प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेलले सहजीकरण गरेका थिए उनले पत्रकारितामा पालना गर्नुपर्ने आचारसंहिताका बारेमा चौतारीमा आवद्ध सदस्यह?लाई सहजीकरण गरेका हुन् कार्यक्रममा सहभागीहरुले राखेको जिज्ञासामा पोखरेलले स्पष्ट बनाएका थिए आचारसंहिता पालना गरेर मात्रै पत्रकारिता गर्न उनको सुझाव थियो    

सो कार्यक्रममा प्रेस चौतारी नेपालको स्थापनादेखि हालसम्मको अवस्थाका बारेमा संगठनका केन्द्रीय सदस्य तथा पूर्व जिल्ला अध्यक्ष गोपाल काफ्लेले प्रकाश पारेका थिए

प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षता उपाध्यक्ष प्रदीप परियारले स्वागत गरेको कार्यक्रममा केन्द्रीय सदस्य सन्तोष आचार्य, पार्टीका प्रदेश कमिटी सदस्य सोमनाथ पोर्तेल बिर्तामोड उध्योग वाणिज्य संघका महासचिव अर्जुन मैनाली लगायतले स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरेका थिए  

सम्बन्धित समाचार