२०८३ बैशाख १८ गते , शुक्रबार

मोरङको उखुबारी हत्या प्रकरण : थप दुई जना पक्राउ

sajilo news
परिवेश मिडिया
२०७८ माघ २२ गते , शनिबार
मोरङको उखुबारी हत्या प्रकरण : थप दुई जना पक्राउ

विराटनगर मोरङ ललितपुरमा तीन जनाको हत्या प्रकरणमा जोडिएका थप दुई जनालाई प्रहरीले पक्राउ गरेको

राजेन्द्रकुमार श्रेष्ठ, मोहन लिम्बु सम्भुकुमार चौधरीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको हो

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार मोरङ रङ्गेली आमतोलाका २२ वर्षीय मोहमद सुभाम सुनसरी देवानगन्ज गाउँपालिका जिरोगौवाका १८ वर्षीय मोहमद हकिम पक्राउ परेका हुन्

धनपालथान गाउँपालिका वडा नं स्थित उखुबारीमा हत्या गरेर खाल्डो खनी गाडिएको अवस्थामा यही माघ १२ गते सप्तरीको शम्भुनाथ नगरपालिका का शम्भुकुमार चौधरी माघ १३ गते धरान स्थायी घर भई हाल भक्तपुर लोकन्थली बस्ने राजेन्द्रकुमार श्रेष्ठको शव भेटिएको थियो बिहीबार ललितपुरमा मोहन श्रेष्ठको शव फेला परेको थियो

कमिसनको चक्करमा तीन जनाको हत्यामा संलग्न  भएको आरोपमा प्रहरीले मुख्ययोजनाकार अनिल मण्डलसहित तीन जनालाई शुक्रबार सार्वजनिक गरेको थियो

कारोबारको रकम एकलौटी बनाउने उद्देश्यले उनका साझेदारहरु राजेन्द्र कुमार श्रेष्ठ, शम्भु कुमार चौधरी मोहन लिम्बुको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको

सम्बन्धित समाचार