२०८३ बैशाख १८ गते , शुक्रबार

प्रसाईको अभिव्यक्तिप्रति महासंघद्वारा खेद व्यक्त

sajilo news
परिवेश मिडिया
२०७८ माघ २१ गते , शुक्रबार
प्रसाईको अभिव्यक्तिप्रति महासंघद्वारा खेद व्यक्त

बिर्तामोड झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईले सार्वजनिक रुपमा पत्रकारलाई धम्की दिएको घटनाप्रति विरोध जनाउँदै पत्रकार महासंघ झापा शाखाले खेद व्यक्त गरेको महासंघले शुक्रबार एक विज्ञप्ति जारी गरी प्रसाईको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो

महासंघले सञ्चारमाध्यममा प्रकाशित/प्रशारित समाचारप्रति चित्त नबुझे सम्बन्धित सञ्चारमाध्यममार्फत खण्डन गर्ने, उचित सुनुवाई नभए न्यायका लागि प्रेस काउन्सिल अदालत जान पाउने कानुनी हक हुँदाहुँदै समग्र पत्रकारिता क्षेत्रको बद्नाम हुने गरी प्रसाईले दिएको भ्रमपूर्ण अभिव्यक्ति स्वतन्त्रताविरुद्ध रहेको जनाएको हो

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी प्रसाईको उक्त कार्यप्रति खेद जनाउँदै दोषिउपर कारबाहीका लागि महासंद्ध झापा शाखा जोडदार माग गर्दछ,’ विज्ञप्तिमा उल्लेख महासंघले प्रेस स्वतन्त्रता विरोधी यस्ता हर्कत नदोहोर्याउन सम्बन्धित पक्षलाई सचेत समेत गराएको

महासंघले एउटा सञ्चारमाध्यममा आएको समाचारको बिषयमा अर्को सञ्चारमाध्यमले खण्डन गर्नु पत्रकार आचारसंहिता विपरित हुने ठहर गर्दै सबै सञ्चारमाध्यम पत्रकारहरुलाई आचारसंहिताको पालना गर्न गराउनसमेत आग्रह गरेको  

अस्पतालले माघ १९ गते अर्कै बिषयमा पत्रकार सम्मेलन भनेर झापाका केहि पत्रकारलाइ बोलाएको पत्रकार भेटघाटमा अस्पतालका सञ्चालक प्रसाईले अघिल्लो दिन एउटा अनलाइनमा प्रकाशित समाचारको बिषयमा खण्डन गर्दै पत्रकारसँग भिडेर जाने बताएका थिए  

सम्बन्धित समाचार