२०८३ बैशाख १८ गते , शुक्रबार
मधेशमा हावाहुरीको वितण्डा, ३ जनाको मृत्यु
धनुषा । रातिदेखि सुरू भएको हावाहुरीले च्यापिएर मधेश प्रदेशमा तीन जनाको मृत्यु भएको छ।
हावाहुरीका कारण रूख ढल्दा धनुषाको सबैला नगरपालिका १२ स्थित फकिरचन्द उच्च माविको प्राङ्गणमा रहेको रूख ढल्दा ८ वर्षीया प्रतिमा कुमारी सदा र ७ बर्षीय अरबन्दी सदाको मृत्यु भएको प्रहरीले जनाएको छ। मसलाको रुख ढलेर लाग्दा दुवैजनाको घटनास्थलमै मृत्यु भएको थियो ।
त्यसैगरि रौतहटको बौधीमाई नगरपालिका १ स्थित इँटाको घर खस्दा ४५ वर्षीया फुलमतीया देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।