२०८३ बैशाख १८ गते , शुक्रबार

लागूऔषधसहित ४ जना पक्राउ

sajilo news
परिवेश मिडिया
२०७८ माघ २१ गते , शुक्रबार
लागूऔषधसहित ४ जना पक्राउ

बिर्तामोड । सुनसरीको धरान उपमहानगरपालिका १४ बाट लागूऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले धरान १४ का ३४ बर्षीय रमेश परियार, धरान १० का ४० बर्षीय राजन शाक्य, हरिनगरा गाउँपालिका ६ का २० बर्षीय खुर्सित अन्सारी र २३ बर्षीय अक्ताकलाई पक्राउ गरेको जनाएको छ ।
विहिबार बिहान ७ बजे इलाका प्रहरी कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले निजहरुको साथबाट १२१ मिलिग्राम ब्राउनसुगर, ४ बोतल डाईलक्स डिसि र नाईट्रोसन २० ट्यावलेट सहित पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । उनिहरुलाई इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

सम्बन्धित समाचार