२०८३ बैशाख १८ गते , शुक्रबार
काँकरभिट्टास्थित जुत्ता फ्याक्ट्रीमा आगलागी, नियन्त्रणको प्रयास जारी
बिर्तामोड । झापाको मेचीनगर ६ बर्मेली टोलमा रहेको एस एस फुटवेयरमा आगलागी भएको छ । ११:४० बजेदेखि जारी आगलागी यो समाचार तयार पार्दासम्म नियन्त्रणमा आउन सकेको छैन ।
ब्यवसायी श्याम खेतानले संचालन गरेको फ्याक्ट्रीमा आगलागी भएसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा बिर्तामोड र भद्रपुर नगरपालिकाको दमकलले आगो निभाउने कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।