२०८३ बैशाख १८ गते , शुक्रबार
नेपाल तामाङ घेदुङ संघले मनायो ल्होसार

बिर्तामोड । नेपाल तामाङ घेदुङ संघ अर्जुनधारा ११ ले विविध कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाएको छ ।
संघले अर्जुनधाराको सालबारीस्थित खेल मैदानमा ल्होसार पर्व मनाएको हो । संघले नयाँ बर्षको रुपमा यो पर्व मनाउने गरेको नेपाल तामाङ घेदुङ संघ अर्जुनधारा वडा नम्बर ११ का अध्यक्ष गोविन्द तामाङले बताए । उनका अनुसार ‘ल्हो’ को अर्थ नयाँ र ‘सार’ को अर्थ बर्ष हुन्छ । आजबाट मञ्जुश्री सम्बत २८५८ शुरु भएको तामाङले जानकारी दिए ।

हरेक बर्षलाई नयाँ नयाँ जनावरको बर्षको रुपमा मनाइने र यो बर्ष बाघ बर्ष भएको उनको भनाई छ ।