बिर्तामोडमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बिर्तामोड । झापाको बिर्तामोड ६ बुट्टाबारीमा बुधबार बिहान भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मेचीनगर नगरपालिका ८ का २७ बर्षीय बमबहादुर लेप्चाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिहान १०:१० बजे पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जादै गरेको बा. प्रदेश ०३-००-१ ख २१४० नं. को ट्रकले बिपरीत दिशातर्फ बाट आउदै गरेको प्रदेश १-०१-०१५ प १७६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक लेप्चा घाईते भएका थिए । घाइते लेप्चालाई उपचारको लागी बिएण्डसी अस्पताल लगिएकोमा १०:३५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।
मोटरसाइकल इलाका प्रहरी कार्यालय अनारमनी र ट्रक र ट्रकका चालक मकवानपुर भिमफेदी गाउँपालिका २ बस्ने २९ बर्षीय सन्तोष मिजार प्रहरी चौकी चारआलीको नियन्त्रणमा रहेको पाठकले बताए ।