२०८३ बैशाख १८ गते , शुक्रबार

९० बर्षीया आमाको हत्या आरोपमा छोरा पक्राउ

sajilo news
परिवेश मिडिया
२०७८ माघ १८ गते , मंगलबार
९० बर्षीया आमाको हत्या आरोपमा छोरा पक्राउ

बिर्तामोड मोरङको पथरी शनिश्चरे नगरपालिका की ९० वर्षीया जगमाया श्रेष्ठको हत्या आरोपमा कान्छा छोरा ४८ बर्षीय कमललाई प्रहरीले पक्राउ गरेको माघ १२ गते राति वृद्धाको अन्येष्टि गरेको खबर पाएको प्रहरीले हत्या भएको आशंकामा कान्छो छोरा कमललाई पक्राउ गरेको हो उनलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको

माघ १२ गतेदेखि आमा हराएको भन्दै वृद्धाका जेठा छोराले माघ १४ गते प्रहरीमा उजुरी दिएका थिए वृद्धाको खोजी गर्ने क्रममा आफन्त स्थानीयले शव जलाएको शंकास्पद ठाउँ देखेपछि प्रहरीलाई खबर गरेका थिए इलाका प्रहरी कार्यालय पथरीका डीएसपी कृष्ण खड्काको टोलीले कमललाई नियन्त्रणमा लिएको हो उनले हत्यापछि माघ १२ गते बिहान उज्यालो नहुँदै शव जलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको

प्रहरीका अनुसार पक्राउ परेका श्रेष्ठले बुवाको नाममा रहेको १५ कठ्ठा धुर जग्गा आमा तथा परिवारका अन्य सदस्यसमेतलाई थाहै नदिई आफ्नी श्रीमतीको नाममा नामसारी गरेका थिए परिवारले कमलको उक्त कुरा थाहा पाएपछि अदालतमा मुद्धा परेको अदालतले आमाको नाममा कठ्ठा जग्गा रहने फैसला गरेको थियो सोही घटनाका कारण रिसको आवेशमा कमलले आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको

सम्बन्धित समाचार