इलाम झापा मैत्री समाजसहित ४० बढी संस्थाद्वारा बस्नेतलाई सम्मान
बिर्तामोड । प्रदेश १ मा गठबन्धनको तर्फबाट राष्ट्रियसभा सदस्य पदमा भर्खरै निर्वाचित बिर्तामोडका गोपालकुमार बस्नेतलाई इलाम झापा मैत्री समाजसहित विभिन्न संघसंस्थाद्वारा सम्मान गरिएको छ । बस्नेतलाई समाजसहित विर्तामोडमा कृयाशिल दर्जनौं संघ संस्थाहरुले बधाई तथा सम्मान ज्ञापन गरेका हुन ।
मंगलबार बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षतामा आयोजित सम्मान कार्यक्रममा, स्थानिय सामाजिक संस्था तथा नागरिक क्षेत्रको तर्फबाट बधाई तथा सम्मान गरिएको हो ।
बस्नेतलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीजका राष्ट्रिय पूर्व अध्यक्ष अनिल भेटवाल, इलाम झापा मैत्री समाज बिर्तामोड नगर कमिटी अध्यक्ष तिलोत्तमा खत्री, वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष सारदा रिजाल, अनारमनी पब्लिक क्याम्पसका अध्यक्ष राजकुमार पोखरेललगायतले सम्मान पत्रले सम्मान गरेका थिए ।
इलामको साखेजुङमा जन्मिएका बस्नेत झापा बिर्तामोडमा बसोबास गर्दै आएका छन । माघ १२ गते सम्पन्न राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेकपा एमालेका उम्मेद्वार गुरु बरालसँग मत बराबरी भएपछि बस्नेत गोलाप्रथाबाट विजयी बनेका थिए ।