२०८३ बैशाख १८ गते , शुक्रबार
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
बिर्तामोड । झापाको मेचीनगर नगरपालिका १३ चारआलीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । सोमबार बिहान हात्तीको आक्रमणबाट ७१ बर्षीय खम्बासिंह कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहान ३ बजे हात्ती धपाउने क्रममा हात्तीको आक्रमणमा परि कार्की घाईते भएका थिए । हात्तीको आक्रमणका कारण उनको बाँया खुट्टा भाँचिएको र भित्री भागमा चोट लागेको थियो । उनको उपचारको क्रममा ९:५५ बजे बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।
हात्तीलाई प्रहरी चौकी चारआलीको टोलीले जंगलतर्फ धपाएको थियो ।