२०८३ बैशाख १८ गते , शुक्रबार

दुर्गाप्रसाद तिम्सिनाकी आमा धनमायाको निधन

sajilo news
परिवेश मिडिया
२०७८ माघ १६ गते , आईतबार
दुर्गाप्रसाद तिम्सिनाकी आमा धनमायाको निधन

इलाम । बिना सुनुवाई ४० बर्ष भारतीय जेलमा विताएका इलाम माइ नगरपालिकाका दुर्गाप्रसाद तिम्सिनाकी आमा धनमायाकाे निधन भएकाे छ । धनमायाकाे आइतबार निधन भएकाे हाे ।
उनका नाति गोपाल तिम्सिनाका अनुसार आइतबार बिहान उनको लुम्बाकस्थित घरमै निधन भएको हो। ‘दुई-चार दिनदेखि हजुरआमाका हातगोडा सुन्निएका थिए । म ठूलोबुवालाई लिन विराटनगर आएको थिएँ,’ गोपालले भने, ‘हजुरआमा त आज बिहान बितिहाल्नुभएछ ।’
दुर्गाप्रसाद गोपालका ठूलोबुवा हुन् । कलकत्तास्थित दमदम सेन्ट्रल जेलबाट छुटेर पोहोर साल घर आइपुगेका दुर्गाप्रसाद गाउँले जीवनसँग घुलमिल हुन सकेनन् ।
गाउँमा असहज भएपछि दुर्गाप्रसादलाई विराटनगरस्थित मानव सेवा आश्रममा राखिएको थियो । दुर्गाप्रसाद धनमायाकाे जेठा छाेरा हुन् ।

सम्बन्धित समाचार