२०८३ बैशाख १८ गते , शुक्रबार
दुहबीबाट लागूऔषधसहित तीन जना पक्राउ
बिर्तामोड । सुनसरीको दुहबी नगरपालिका ५ दुहबीबाट लागूऔषध सहित ३ जनालाई पक्राउ परेका छन । पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका ३ का २८ बर्षीय सूर्य घिमिरे, २३ बर्षीय नवराज लिम्बु र ईटहरी १७ का २० बर्षीय बिमल के.सी. रहेको प्रहरीले जनाएको छ ।
शनिबार बेलुका ५ बजे सिआरभी पोष्ट दुहबीबाट खटिएको प्रहरी टोलीले कोशी राजमार्गमा बिराटनगरबाट ईटहरीतर्फ जादै गरेको सार्वजनिक बस चेकिङ गर्ने क्रममा उनिहरुलाई लागूऔषध स्पास्मो प्रोक्सिभन ३२ ट्याब्लेट र नाइट्रोजन ५० ट्याब्लेट सहित पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । पक्राउ परेका तीनै जनालाई ईलाका प्रहरी कार्यालय दुहबीमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।