२०८३ बैशाख १८ गते , शुक्रबार

अलग अलग घटनामा दुई जनाको मृत्युु

sajilo news
परिवेश मिडिया
२०७८ माघ १५ गते , शनिबार
अलग अलग घटनामा दुई जनाको मृत्युु


बिर्तामोड । कनकाई नगरपालिका ७ कप्तानलुङमा बाबुले चलाएको ट्याक्टरले किचेर छोरीको मृत्यु भएको छ । शनिवार दिउसो १२:१५ बजे बालकृष्ण दुलालले चलाएको ट्याक्टरले किचेर आफ्नै २ बर्षीया छोरी आरुषी दुलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुलालको मे १ त ७५९ नम्बरको टयाक्टर चलाउने क्रममा ट्याक्टर मुनी खेलीरहेकी आफ्नै छोरीलाई किचेको थियो । छोरीको बिर्तासिटी अस्पतालमा १२:४० बजे उपचातको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक  वसन्त पाठकले जानकारी दिए। टयाक्टरलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको र चालक प्रहरी सम्पर्कमा रहेको उनले बताए ।
शनिबार दिउँसो १:२०  बजे मेचीनगर नगरपालिका ३ दुधे गोलाटार बस्ने बर्ष ४२ को मेघेन्द्र बि.क. स्थानीय पुजा देवानको बारीमा रहेको लामपात्तेको  रुखको हाँगा झार्ने क्रममा लडेर घाइते भएको र उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा २:४५ बजे मृत्यु भएको प्रवक्ता पाठकले बताए । 

सम्बन्धित समाचार