२०८३ बैशाख १८ गते , शुक्रबार

वैदेशिक रोजगारीको मामिला हेर्न छुट्टै प्रहरी युनिट गठनको प्रस्ताव

sajilo news
परिवेश मिडिया
२०७८ माघ १४ गते , शुक्रबार
वैदेशिक रोजगारीको मामिला हेर्न छुट्टै प्रहरी युनिट गठनको प्रस्ताव

काठमाण्डौ वैदेशिक रोजगारीका नाममा हुने ठगीलाई नियन्त्रण गर्न वैदेशिक रोजगार मामिला हेर्ने छुट्टै  प्रहरी युनिटको आवश्यकता देखिएको मन्त्रालयको ठहर यस्तो युनिट खडा भएपछि वैदेशिक रोजगार विभागलाई म्यानपार कम्पनीको अनुगमन, ठगी मुद्दाको अनुसन्धान दोषीमाथि अभियोगपत्र तयार गर्ने लगायतका काम सहज हुने विश्वास गरिएको अहिले विभागले म्यानपावर कम्पनीको अनुगमनमा जाँदा सम्बन्धित क्षेत्रमा रहेका प्रहरीको युनिटसँग सहयोग माग्ने गरेको

छु्ट्टै प्रहरी युनिट स्थापना भएमा वैदेशिक रोजगारीमा ठगिएकाहरुलाई छिटो न्याय दिलाउन सकिने मन्त्रालयको विश्वास अहिले विभागमार्फत उजुरी लिएर जाँदा प्रक्रियागत झन्झटका कारण पीडितले थप सास्ती भोग्नुपर्ने अवस्था विभागले प्रक्रियागत कारणले तुरुत्तै एक्सन लिन नसक्ने भएकाले प्रहरी युनिट स्थापना गरेर उजुरीमाथिको सुनुवाई तत्काल हुने गरी व्यवस्था गर्न खोजिएको मन्त्रालयका अधिकारीहरु बताउँछन्

महामारी शुरु भएपछि सुस्ताएको वैदेशिक रोजगार क्षेत्रमा अहिले फेरि उत्साह छाएको फेरि विदेशबाट श्रमिकको धेरै माग आउन थालेपछि ठग्न पल्किएका म्यानपावरदेखि दलालसम्म सल्बलाएका छन्

पछिल्ला दिनमा युरोप ल्याटिन अमेरिकाका विभिन्न देशमा पठाइदिने भन्दै व्यक्तिगत ठगी धेरै हुने गरेका छन् मलेसिया खाडीमा  जाने श्रमिक म्यानपावर कम्पनीबाटै ठगिने गरेका छन् मौखिक उजुरी लिएर विभाग आउने कतिपय युवाहरु प्रमाण मागिने कारण त्यसै फर्किने गरेका छन् ग्रामीण क्षेत्रहरुबाट दलालहरुले नै युवा समूहलाई काठमाडौं ल्याइरहेका छन्

म्यानपावर कम्पनीहरुले युवाको पासपोर्ट जम्मा गरेर राख्ने क्रम झांगिएको विदेश पठाउने भन्दै तुरुन्तै मेडिकल गर्न लगाउने मेडिकलबाट कमिसन लिने धन्धा पनि मौलाएको माग नै नभएका म्यानपावरले पनिमाग भन्दै युवाबाट पैसा असुल्न अनेकन तिकडम गर्न थालेका छन्

वैदेशिक रोजगार मामिलाका जानकार मधुविलास पण्डित २०७२ सालमा मलेसिया वटा खाडी मुलुकका लागि लागू भएकोफ्रि  भिसा, फ्रि  टिकटनारा व्यवहारिक रुपमा कार्यान्वयन नभएको बताउँछन् उनका अनुसार विदेशिने कामदारलाई रोजगारदाता मुलुकले नै निःशुल्क भिसा टिकट दिनुपर्ने नियम कार्यान्वयनमा छैन

सरकारले म्यानपावर कम्पनीमाथि कडाइ नगर्दा बर्षेनी हजारौं युवा लाखौं रकम बुझाएर काम खोज्दै विदेशिन बाध्य छन् व्यवसायीले कामदारबाट लाखौं रकम उठाएर १० हजार (तोकिएको सेवा शुल्क) को बिल थमाइदिने गरेका छन् म्यानपावरबाट ठगिएर विदेशमा बिचल्लीमा पर्ने घटना पनि बढ्दो

विदेशमा जोखिमपूर्ण काम गर्नुपर्ने, भनेअनुसारको तलब नपाउने, कहिल्यै नसोचेको पीडा खेप्नुपर्ने, स्वदेश फर्किन कठिन हुने, कतिपय अवस्थामा जेलसजाय भोग्नुपर्ने ज्यानसमेत गुमाउनेसम्मका अवस्थाबाट नेपाली कामदार पीडित छन्

ज्यान जोगाएर फर्किएकाहरुले क्षतिपूर्ति पनि नपाउने पाइहाले पनि पहिला बुझाएको १० हजार सेवा शुल्क फिर्ता पाउने अवस्था यसबाट हजारौं नेपालीको घरबार, सामाजिक प्रतिष्ठा दैनिक जीवनयापनमा समस्याहरु थपिएका छन्

भिजिट भिसामा यूएई पठाउने क्रम पनि बढेको यूएईमा पुगेर काम नपाएपछि ठगिएको थाहा पाएका युवा सरकारको सम्पर्कमा आउन थालेका छन्

भिजिट भिसमा नाममा ठगी बढेपछि श्रम मन्त्रालयले बिहीबार मात्रैमार्सल टिमगठन गरेको श्रममन्त्री श्रेष्ठकाअनुसार पीडितले उजुरी गरेलगत्तै तुरुन्तै एक्सनमा जाने गरी मार्सल टिम बनाइएको हो मन्त्रालयका उपसचिवसहित प्रहरीको संलग्नतामा मार्सल टिम बनाएर गुनासो सुन्न थालिएको हो

 

सम्बन्धित समाचार