२०८३ बैशाख १८ गते , शुक्रबार

उखुबारीमा गाडिएको अवस्थामा भेटिएको दुईमध्ये एउटा शवको पहिचान खुल्यो

sajilo news
परिवेश मिडिया
२०७८ माघ १३ गते , विहीबार
उखुबारीमा गाडिएको अवस्थामा भेटिएको दुईमध्ये एउटा शवको पहिचान खुल्यो

विराटनगर मोरङको धनपालथान गाउँपालिका बोर्डिङ टोलस्थित उखुबारीमा हत्या गरेर गाडिएको अवस्थामा फेला परेको दुईमध्ये एउटा शवको पहिचान खुलेको बिहीबार दिउँसो उत्खनन् गरेर निकालिएको शव सुनसरीको धरान घर भई भक्तपुरमा बस्दै आएका ४९ वर्षीय राजेन्द्र कुमार श्रेष्ठको रहेको मोरङ प्रहरीका प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए

प्रहरीले उनको साथबाट एनटिसीको सिम कार्ड, पर्स सवारी चालक अनुमति पत्रपनि फेला पारेको एसपी जिसीले जानकारी दिए

बुधबार उखु काट्ने क्रममा किसानले खनेर पुरेको अवस्थामा खाल्डो देखेपछि प्रहरीलाई खबर गरेका थिए सो खाल्डो उत्खनन् गर्दा प्रहरीले शव फेला पारेको थियो तर उक्त शवको पहिचान खुल्न बाँकी सोही ठाउँदेखि ३० मिटर पश्चिममा विहिबार प्रहरीले श्रेष्ठको शव फेला पारेको हो बिहीबार उखुबारीमा सात फिट गहिरो खाडल खनेर गाडेको अवस्थामा श्रेष्ठको शव भेटिएको हो श्रेष्ठको घाँटीमा डोरीले बाँधेको डाम देखिएको शव फेला परेको उखुबारी स्थानीय बरजंगी सिंहको रहेको

दुवै शवको प्रकृति एकै खाले तरिकाले खाडल खनेर गाडेको अवस्थामा भेटिएको मोरङ प्रहरीका एसपी जिसीले जानकारी दिए

एसपी जिसीका अनुसार दुवै शवको प्रकृति हेर्दा हत्या गरेर गाडिएको देखिन्छ तर कुन तरिकाले हत्या गरिएको हो भन्नेबारे केही नखुलेको पोस्टमार्टम रिपोर्टपछि थाहा हुने उनले बताए अहिले घटनास्थलमा संघीय प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुर ल्याएर घटनास्थलमा स्क्रिनिङ गराइएको घटनास्थल बस्तीबाट करिब सय मिटर टाढा पर्छ एकान्त उखुबारीको बीचमा भएका कारणले हत्याराले शव गाड्न सहजै सो स्थान प्रयोग गरेको प्रहरीको निष्कर्ष

सम्बन्धित समाचार