२०८३ बैशाख १८ गते , शुक्रबार

दम्पती मृत फेला, निसास्सिएर मृत्युु भएको आशंका

sajilo news
परिवेश मिडिया
२०७८ माघ १३ गते , विहीबार
दम्पती मृत फेला, निसास्सिएर मृत्युु भएको आशंका

काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका–३, बोजेनीमा एक दम्पत्ती सुतेकै अवस्थामा मृत भेटिएका छन् । बुधबार राति खाना खाएर सुतेका ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षीया फुलकुमारी थिङ मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिहीबार बिहान ७ बजेसम्म पनि उनीहरुले ढोका नखोलेपछि जेठा छोरा २६ वर्षीय सूर्यबहादुर थिङले ढोका फुटाएर भित्र छिरेका थिए । त्यसक्रममा दुवै जना मृत अवस्थामा भेटिएको भन्दै उनले प्रहरी वृत्त, बौद्धमा खबर गरेका थिए ।
त्यसपछि प्रहरी वृत्त, बौद्ध र अपराध अनुसन्धान महाशाखाको टोली गएर अनुसन्धान गरेको थियो । अनुसन्धान अधिकृतहरुका अनुसार उनीहरु राति माकल बालेर सुतेका थिए । राति नै निसास्एिर मृत्यु भएको हुनसक्ने अधिकृतहरुको अनुमान छ । प्रहरीले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञको टोली पनि घटनास्थलमा लगेको थियो ।
डाक्टरहरुले पनि शवमा बाहिरी चोटपटकहरु नभएको र निसास्एिकै कारण मृत्यु भएको हुनसक्ने बताएका छन् । मृत्युको विस्तृत कारण पोष्टमार्टमपछि चिकित्सकले दिने प्रतिवेदनमा उल्लेख हुनेछ । थप अनुसन्धान जारी रहेको काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले बताए ।

सम्बन्धित समाचार