२०८३ बैशाख १८ गते , शुक्रबार
जबरजस्ती करणी आरोपमा बिर्तामोडबाट एक जना पक्राउ
बिर्तामोड । झापाको बिर्तामोडमा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका-२ चैतुवारीस्थित प्रदीप इँटा भट्टामा काम गर्ने सर्लाही बरहथवा नगरपालिका-२ हजरिया घर भएका ३८ वर्षीय गंगा मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । मगरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । बालिकाको बुधबारसाँझ नै स्वास्थ्य परिक्षण गरिएको प्रहरीले जनाएको छ । पिडितको तर्फबाट जाहेरी आइसकेको र अभियुक्तलाई जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी भैरहेको बुझिएको छ ।