२०८३ बैशाख १८ गते , शुक्रबार
इलाममा भएको सवारी दुर्घटनामा दुई झापालीको मृत्यु
बिर्तामोड । इलाममा जिप दुर्घटना हुँदा दुई जना झापालीको मृत्यु भएको छ।
विहिबार बिहान ६:१० बजे झापाबाट इलाम जाँदै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकअप जिप मेची राजमार्गको रोङ गाउँपालिका–४ मा अनियन्त्रित भई सडकदेखि करिब पाँच सय मिटर तल झरेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
कार्यालयका अनुसार दुर्घटनामा परी झापाको मेचीनगर नगरपालिका–४ बस्ने वर्ष ५५ का रमेश थापा र सोही स्थान वस्ने वर्ष ४० का सुर्यबहादुर थापाको घटनास्थलमा नै मृत्यु भएको छ । जिप चालक मेचीनगर–४ बस्ने वर्ष ३३ का अर्जुन कोइरालासमेत गम्भिर घाइते भएको बताइएको छ।
उनलाई उपचारका लागि झापाको विएण्डसी अस्पताल लगिएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।