२०८३ बैशाख १८ गते , शुक्रबार
जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
बिर्तामोड । झापाको दमक ३ स्थित रनधोज चोकमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । हात्तीको आक्रमणमा परि दमक ३ गोलाटारका ६३ बर्षीय गणेश अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलबार साँझ ९:१५ बजे कुलोमा पानी लगाउन जाने क्रममा हुम्सेदुम्से सामुदायिक वनबाट आएको हात्तीले अधिकारीलाई आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट अधिकारीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए । अधिकारीको शवलाई पोष्टमार्टमका लागि दमक अस्पताल पठाइएको उनले बताए ।
दमकको दुम्से बस्ती हात्ती प्रभावित क्षेत्र मानिन्छ । दुई वर्षपछि दमकमा हात्तीले फेरि मान्छेको ज्यान लिएको वडाध्यक्ष नविन बरालले बताए ।