२०८३ बैशाख १८ गते , शुक्रबार

गणतन्त्र दिवसको अवसरमा भारतीय समकक्षीलाई शुभकामना

sajilo news
परिवेश मिडिया
२०७८ माघ १२ गते , बुधबार
गणतन्त्र दिवसको अवसरमा भारतीय समकक्षीलाई शुभकामना

काठमाण्डौ आज जनवरी २६ तारिख; भारतको ७३ औँ गणतन्त्र दिवस यो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा तथा परराष्ट्र मन्त्री डा. नारायण खड्काले भारतीय समकक्षीहरूलाई छुट्टाछुट्टै पत्र पठाएर शुभकामना व्यक्त गरेका छन् नेपालको तर्फबाट भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेशमन्त्री एस. जयशंकरलाई पत्र पठाइएको हो

राष्ट्रपति भण्डारीले पत्रमा भारतीय समकक्षीको सुस्वास्थ्य खुसियालीको कामना गर्दै भारतको निरन्तर विकास समृद्धिको कामना गरेकी छन् भण्डारीले भारतको स्वतन्त्रताको ७५ औँ वर्षगाँठको अवसरमा पनि बधाई दिएको परराष्ट्र मन्त्रालयले जनाएको

त्यस्तै, प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्रीको सुस्वास्थ्यको कामना गर्दै भारतले सामाजिक आर्थिक क्षेत्रको विकासमा हासिल गरेको प्रगतिको सराहना गर्दै दुई देशबीचको सम्बन्ध अझै प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरेका छन् यता, परराष्ट्रमन्त्री खड्काले पनि भारतीय जनतालाई शुभकामना व्यक्त गरेका छन्

 

सम्बन्धित समाचार